नगद र सुनको गहना चोरी गर्ने व्यक्ति पक्राउ
ताप्लेजुङ, असार १० गते । ताप्लेजुङमा नगद र सुनको गहना चोरी गर्ने एक व्यक्तिलाई पक्राउ परेका छन् । सिरिजङ्गा गाउँपालिका–३ निवासी अन्दाजी २० वर्षीय काजी खड्का पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुनचना अधिकारी तथा प्रहरी निरक्षिक जट्टा संखर यादवका अनुसार खड्काले सोही वडामा बस्ने ७५ वर्षीय मान बहादुर काङवा लिम्बुको घरबाट नगद १ लाख २३ हजार ५ सय रुपैयाँ र दश आना सुनको ढुंग्री चोरी गरेका थिए ।
अनुसन्धानकै क्रममा सिरिजङ्गा गाउँपालिका–२ खाम्दिम्बेबाट काजी खड्कालाई पक्राउ गरिएको प्रहरी निरिक्षक यादवले जानकारी दिनुभयो । पक्राउ परेका खड्काको साथबाट चोरी भएको नगद रकममध्ये ५८ हजार ४० रुपैयाँ बरामद गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका खड्कालाई चोरी मुद्दामा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४(३) बमोजिम ताप्लेजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।


















