बुबाको किरिया नगर्दा गाउँ निकाला

वेलकम खबर
बैशाख २७, २०७६

वीरगञ्ज । बुबाको किरिया नगरेको भन्दै गाउँलेले सामाजिक बहिष्कार गरेपछि बारा धरमपुरको एउटा परिवार विस्थापित भएको छ ।

सुवर्ण गाउँपालिका, ६ धरमपुरका ६१ वर्षीय अनुठा यादवको वैशाख १५ गते निधन भएको थियो । अन्त्येष्टिपछि छोराहरु अवधेश र पप्पले कपाल काटेनन् भने हिन्दु संस्कारअनुसार किरिया पनि गरेनन् । उनीहरुले परिवारले अपनाइँदै आएको कविरापन्थी परम्पराअनुसार सात दिनमै बुबाको काजकिरिया सके ।

हिन्दु संस्कारअनुसार काजकिरिया नगरेपछि गाउँका केही अगुवाले गाउँले भेला डाके । यादव परिवालाई सामाजिक बहिष्कार गर्ने निर्णय गरे । त्यसपछि यादवको ९ जनको परिवार चार दिनदेखि गाउँ छाडेर हेटौँडाको कमानेमा बस्दै आएको छ । कमानेमा पहिलेदेखि अवधेशको कुखराको दानाको कारोबार छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*