फुङलिङ नगरपालिकामा न्यायिक सचेतना कार्यक्रम (फोटो फिचर)
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाको विभिन्न वडामा न्यायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
फुङलिङ नगरपालिकाको आयोजना र केआरडिआई प्रालिको सहजीकरण जेठ २८ गते देखि वडा ११ फावाखोलाबाट शुरु भएको न्यायिक सचेतना कार्यक्रमसार ५ गते शुक्रवार सम्पन्न भएको हो ।
फुङलिङ नगरपालिकाका नगर(उपप्रमुख तथा न्यायिक समितिका संयोजक भिमादेवी ओझाको प्रमुख आतिथ्यमामा कार्यक्रम भएको थियो । उपप्रमुख तथा संयोजक ओझाले नगरपालिकाको न्यायिक समितिले हाल सम्म गरेको विवाद निरुपण तथा प्रक्रियाको बारेमा मन्तव्य राख्नु भएको थियो । उहाँले स्थानीय स्तरमा विवाद निरुपण तथा मेलमिलापको माध्यमबाट मिलापत्र गरेको मुद्दाका बारेमा जानकारी गराउनु भएको थियो ।
सचेतना कार्यक्रमको सहजीकरण अधिवक्ता राजेन्द्र श्रेष्ठले गर्नु भएको थियो अधिवक्ता श्रेष्ठले न्यायिक समितिको गठन, अधिकार क्षेत्र न्याय सम्पादनको प्रत्रिया, बालविवाह र कानुनी अवस्था ,बहुविवाह कानुनी अवस्था साथै लैङ्गिक हिंसा र कानुनी अवस्थाको बारेमा स्पष्ट रुपमा जानकारी गराउनु भएको थियो ।
सचेतना कार्यक्रममा वडा अध्यक्ष र सदस्यहरू राजनीतिकदलका प्रमुख तथा प्रतिनिधिसभाको मेलमिलाकर्ताहरु, स्वास्थ्यस्वयमसेविकाहरु, वडामा रहका विद्यालयका प्रधानअध्यापकहरु, वडामा भएको सङ्घ संस्था सहकारी अध्यक्ष सचिवहरू, मिलिजुली समूहका पदाधिकारीहरू तथा वडामा भएका नागरिक समाजका अगुवाहरू सहभागी भएको सहजीकरण संस्थाका कार्यक्रम संयोजक खगेन्द्र अधिकारीले जानकारी दिनुभयो ।






















