जिल्ला प्रशासन कार्यालय ताप्लेजुङद्वारा मादक पदार्थ बिक्री तथा सेवनमा प्रतिबन्ध 

मदन गौतम
फाल्गुन १५, २०८२

ताप्लेजुङ। जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको फागुन १२ गतेको निर्णय अनुसार फागुन १४ गते अर्थात् बिहीबारदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभरि मादक पदार्थ बिक्री वितरण, ओसारपसार तथा सेवनमा प्रतिबन्ध लगाइएको प्रशासनले सूचना जारी गरी बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ ,स्वतन्त्र ,मर्यादित, निष्पक्ष ,विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न उक्त निर्णय गरिएको हो। सूचनाको वेवास्था गरि प्रतिबन्धित कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत प्रशासनले सचेत गराएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*