जनता समाजवादी पार्टीका उम्मेदवार लेछर्बोको चुनावी प्रतिबद्धता सार्वजनिक
ताप्लेजुङ। जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी ताप्लेजुङका साझा उम्मेदवार अरुण लेछर्बो लिम्बूको चुनावी प्रतिबद्धता सार्वजनिक गरिएको छ । आज फुङ्लिङमा आयोजित एक कार्यक्रममा निर्वाचन प्रतिबद्धता सार्वजनिक गरिएको हो । चुनावी प्रतिबद्धतामा नो केबलकार ,नो कोशी तथा पहिचान सहितका मुद्दा लिएर आफू चुनावमा सहभागी भएको लेछर्बो लिम्बूले सार्वजनिक गर्नुभयो । उम्मेदवार लेछर्बो लिम्बूले आफू जनताका जनगुनासा ,विकास निर्माणमा तनमन दिएर अघि बढ्ने बताउनुभयो । तिन दलीय घटकले मात्र पहिचान सहितका मुदा उठाएको र स्थापित गरी छाड्ने समानुपातिक तर्फका उम्मेदवार राष्ट्रिय मुक्ति पार्टी नेता सन्जुहाङ पालुवाले बताउनुभयो । प्रकृति पूजक ,मुन्धुमी संस्कृति, हिन्दू सनातन संस्कृत तथा बौद्धिष्ट धर्म सङ्कृति स्थापित गर्न यसपटक जाँतो चुनाव चिन्ह लिएर तिन दलीय मोर्चाले प्रतिनिधि सभामा आफ्ना आवाज सशक्त रुपमा प्रस्तुत गर्न निर्वाचनमा होमिएको पालुङ्गाले बताउनुभयो । नेकपा एमाले ,काङ्ग्रेस माओवादी सहित पुराना दलले नेपालको मौलिक धर्म संस्कार संस्कृतिलाई लत्याएर पश्चिमा संस्कृतिलाई फैलाउन मलजल गरेको पालुङ्गाको आरोप थियो ।



















