ताप्लेजुङका २ सय ३ जना विद्यार्थीले पाए शैक्षिक सामाग्री

वेलकम खबर
असार ११, २०८३

ताप्लेजुङ । ताप्लेजुङका २ सय जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ । दौंतरी नेपालले ताप्लेजुङ विकास मञ्च मार्फत ताप्लेजुङका ६ बिद्यालयका २ सय ३ बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको हो ।
यसबर्ष भगवती आधारभूत बिद्यालय, महेन्द्र आधारभूत बिद्यालय खेवाङ, सूर्यदेवी मावि सान्थाक्रा, भगवती आधारभूत बिद्यालय आम्बेगुदिन, सिद्धेश्वरी मावि डुम्रिसे र तुलसी आधारभूत बिद्यालय खेजेनिमका बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरिएको हो । शैक्षिक सामग्रीमा ट्र्याक सुट, जुत्ता, एक दर्जन कापी,डटपेन,मसी,पेन्सिल,ज्यामितिबक्स सहितका सामग्री वितरण गरेको ताप्लेजुङ विकास मञ्चका ताप्लेजुङ विकास मञ्चका अध्यक्ष सन्तोष प्रसाईले जानकारी दिनुभयो । दौंतरी नेपालले फुङलिङस्थित दीपज्योति आधारभूत बिद्यालयलाई एकथान ल्यापटप समेत प्रदान गरिएको जानकारी दिनुभयो ।

शुरुमा नमूनाको रुपमा दीपज्योति आधारभूत बिद्यालयमा सफ्टवेयरको प्रयोग गर्न थालिएको उहाँको भनाई छ । शैक्षिक सामग्री बितरण गर्दै जिल्ला समन्वय समितिका अध्यक्ष एवम् जिल्ला शिक्षा समितिका अध्यक्ष छिरिङ लामाले ताप्लेजुङ जस्तो दुर्गम जिल्लाका बिद्यार्थीको शैक्षिक भविष्यप्रति देखाएको चिन्ता र गरेको सहयोगको सम्मान गर्दै दौंतरी नेपाललाई धन्यवाद दिनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*