ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना 

मदन गौतम
माघ २, २०८२

ताप्लेजुङ ।   ताप्लेजुङमा प्रतिनिधि सभा निर्वाचनका लागि आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस विकास श्रेष्ठले उद्‌घाटन गर्नुभयो । जिल्ला अदालत ताप्लेजुङको कार्यालयसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । उक्त कार्यक्रममा मुख्य निर्वाचन अधिकृत श्रेष्ठले आगामी फागुन २१ गतेको निर्वाचन शान्तिपूर्ण ,स्वतन्त्र ,निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुभयो । प्रमुख जिल्ल अधिकारी शिवराज सेडाईले सरोकारवाला निकाय ,राजनितीक दल साथै सुरक्षा निकाय बिचमा छलफल गरी निर्वाचन सम्पन्न गर्न शान्तिसुरक्षा प्रत्याभूति गराउन सजग, सचेत र प्रतिबद्ध रहेको बताउनु भयो । जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सुरक्षाका लागि खटिने भएका छन्। उक्त कार्यक्रममा सुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी धनराज श्रेष्ठ, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख यमनाथ गिरी लगायतको उपस्थिति रहेको थियो ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*