ताप्लेजुङ काङ्ग्रेसले सभापति गजेन्द्रप्रसाद तुम्याहाङलाई सिफारिस
ताप्लेजुङ ।नेपाली काङ्ग्रेस ताप्लेजुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार सभापति गजेन्द्र प्रसाद तुम्याहाङलाई सिफारिस गरेको छ । जिल्ला सभापति तुम्याहाङ आकाङ्क्षी मध्यबाट एकल सिफारिस भएको नेपाली काङ्ग्रेस ताप्लेजुङले जनाएको छ।
त्यस्तै समानुपातिकतर्फ पूर्वमन्त्री प्रताप प्रकाश हाङगाम ,पूर्व सभापति केशव प्रसाद दाहाल र महिलातर्फ कल्पनादेवी सिटौला खड्कालाई सिफारिस गरिएको छ । राष्ट्रिय सभा तर्फ पूर्वमन्त्री मणि लामा,पदम सुन्दर पालुङ्वा ,मातृकाप्रसाद शेर्पा ,तिलप्रसाद सुब्बा ,गीता देवी सेन्दाङ ,बलबहादुर तामाङ गरी छ जनालाई सिफारिस गरिएको छ । त्यसैगरी राष्ट्रिय सभा महिलातर्फ लीला देवी बोखिम, मातृका देवी प्रसाईँ कार्की, गीता चौहान र प्रमिला गुरुङको नाम सिफारिस गरिएको नेपाली काङ्ग्रेस ताप्लेजुङले जनाएको छ।



















