ताप्लेजुङ काङ्ग्रेस प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार सर्वसम्मत सिफारिसका लागि छलफलमा
ताप्लेजुङ ।आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सर्वसम्मत सिफारिसका लागि नेपाली काङ्ग्रेस ताप्लेजुङको बैठक जारी छ। निर्वाचन समिति सदस्य तथा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य कृष्णप्रसाद बस्नेतका अनुसार यो समाचार तयार पार्दासम्म मनोनयपत्र दाखिला गरी सर्वसम्मत उम्मेदवार सिफारिस गर्न छलफल चलिरहेको छ।
कोशी प्रदेशका उद्योग ,कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङ्गाम,नेपाली कांग्रेस जिल्ला सचिव डम्बर हाङ्गाम युक्हाङ्बीर लगायतले सहजीकरण गरिराख्नुभएको छ । एक महिलासहित तीनजना सिफारिस हुनुपर्ने प्रतिनिधिसभा प्रत्यक्षतर्फ टिका गुरुङ, गजेन्द्र प्रसाद तुम्याहाङ, बलबहादुर तामाङ ,पदमसुन्दर पालुवा र युवराज गुरुङले आकाङ्क्षा राखेका छन्।
यस्तै ,समानुपातिक तर्फ एक महिलासहित दुईजना सिफारिस हुनेमा प्रतापकाश हाङगाम,कल्पना सिटौला खड्का,गीता सेन्दाङ ,गीता चौहान र केशव दाहालले आकाङ्क्षा राखेका छन्। राष्ट्रिय सभा सदस्य तर्फ महिला एक, दलित एक र अन्यतर्फ एक गरी तीनजना सिफारिस हुनेमा महिलातर्फ मातृकादेवी प्रसाईँले आकाङ्क्षा राख्नुभएको छ भने दलितमा कसैको नि आकाङ्क्षा नरहेको बताइएको छ । अन्यतर्फ भने मणि लामा र मातृकाप्रसाद शेर्पाले दाबी पेश गरेका नेपाली काङ्ग्रेस ताप्लेजुङले जनाएको छ।



















