पूर्वमन्त्रीसहित ताप्लेजुङका २ नेतालाई एमालेले गर्यो निलम्बन
ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङ जिल्ला कमिटी पूर्व अध्यक्ष तथा कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ र पूर्व उपसचिव मणिशङ्कर पोमुलाई निलम्बन गरेको छ। ताप्लेजुङ जिल्ला कमिटीको मङ्सिर ६ गतेको पत्रअनुसार ११ औँ महाधिवेशन प्रतिनिधि छनोटका निर्वाचन प्रक्रियाको क्रममा निर्वाचन कमिटी संयोजक राजकुमार चुडाल माथि गरेको हमला र निर्वाचन प्रकियामा अवरोध खडा गर्ने काम गर्नुभएको पत्रमा भनिएको छ। ताप्लेजुङले महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनौट गरेको थियो । कोशी प्रदेश सल्लाहकार परिषद सदस्य र पर्यटन विभाग सचिव दुवै नेतालाई १५ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्न र जिम्मेवारी मुक्त गरेको कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा दारा हस्ताक्षरित कारबाही पत्रमा उल्लेख गरिएको छ।
















