एमाले महाधिवेशनका लागि ताप्लेजुङमा १२ प्रतिनिधिका लागि २६ जनाको अन्तिम नामावली

मदन गौतम
मंसिर १०, २०८२

ताप्लेजुङ । नेकपा एमालेको ११ औ केन्द्रीय महाधिवेशन प्रतिनिधिको छनौट ताप्लेजुङमा निर्वाचन प्रक्रियाबाट टुङ्ग्याइने भएको छ । सहमति नभए पछि ताप्लेजुङमा १२ प्रतिनिधिका लागि २६ जनाको अन्तिम नामावली निर्वाचन समितिले प्रकाशित गरेको छ । निर्वाचन समितिका अनुसार खुल्ला तर्फ छ जना प्रतिनिधिका लागि  १४ जनाको नामावली प्रकाशित भएको छ । जसमा दिपेन्द्र पोमु ,घनेन्द्र मादेन ,अनन्त बहादुर सावा ,मङ्गलसिंह केदेम , प्रकाश  राई ,छत्रपति प्याकुरेल  कृष्णप्रसाद थापा ,कमल  लिम्बु ,मातृकाप्रसाद भट्टराई, ज्ञानेन्द्र लावती ,सन्तोष प्रसाईं ,राधाकृष्ण पौडेल, भूमिप्रसाद तामाङ र सन्तोष चाम्लिङको उम्मेदवारी निर्वाचन समितिले प्रकाशित गरेको छ । चार प्रतिनिधि छनोटका लागि महिला तर्फ टीका सुवेदी भट्टराई, प्रमिला खनाल घिमिरे ,शान्ताकुमारी आङबुहाङ, कोपिला नेपाली ,रनमाया गुरुङ,चन्दा भट्टराई र मिना कुमारी केदेम  गरी सात जनाको अन्तिम उम्मेदवारी प्रकाशन भएको छ।  एक दलित प्रतिनिधिका लागि राजु नेपाली ,बुद्धिमान परिवार र नरबहादुर सुनामको उम्मेदवारी प्रकाशित भएको छ। एकजना युवा प्रतिनिधिका लागि गोपाल न्यौपाने र सरोज एभेङको उम्मेदवारी निर्वाचन समितिले प्रकाशित गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*