भानुका पूर्व विद्यार्थीद्धारा १० लाख बराबरको अक्षयकोष स्थापना 

वेलकम खबर
कार्तिक १७, २०८२

ताप्लेजुङ ।भानु माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूले १० लाख बराबरको अक्षयकोष स्थापना  गरेको छ । भानु माध्यमिक विद्यालय  २०४४ सालमा एसएलसी परीक्षामा सामेल पूर्व विद्यार्थीहरूबाट विद्यालयको सम्मुनति र जेहेन्ददार विद्यार्थीहरूको प्रगतिको लागि १० लाख अक्षय कोष जम्मा गर्ने प्रतिवद्धता सहित आज ५ लाख ५२ हजार ६८१ रकम  अक्षयकोष स्थापना गरेको हो ।
उक्त रकम पाथीभरा आधारभूत विद्यालयका प्रधानअध्यापक  राजकुममार गुरुड, अभिभावक  देवकुमार श्रेष्ठ, विद्यालय व्यबस्थापन समितिका अध्यक्ष  युगराज गुरुड,शिक्षक अभिभावक संघका अध्यक्ष भक्तवहादुर येङदेन र यस विद्यालयका कार्यरत शिक्षक  केशवप्रसाद खतिवडा सहितबाट विद्यालय भानु माध्यमिक विद्यालयका प्रधान अध्याक किशोर राईलाई प्रदान  लाई हस्तान्तर गर्नु भएको हो । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*