फाईनलमा चर्ज ब्वाईजसँग भिड्न रेड स्टार र सहलेश प्रतिश्पर्धा गदै
ताप्लेजुङ । ताप्लेजुङ गोल्डकपको फाईनलमा चर्ज ब्वाईज क्लब ललितपुरसँग भिड्नको लागि आज रेड स्टार क्लब झापा र सहलेश क्लब सिराहा भिड्दै छन ।ताप्लेजुङ सदरमुकाम फुङलिङमा आज फाईनल प्रवेशका लागि रेड स्टार क्लब झापा र सहलेश क्लब बीच प्रतिश्पर्धा हुने भएको हो ।
हिजो बुधबार भएको पहिलो सेमिफाईन फाइनल खेलमा सुनसरीको द योङ ब्रदर्श फुटबल क्लबलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज क्लब ललितपुर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको ७७ औँ मिनेटमा चर्च ब्वाइजले आत्मघाती गोल गर्दा खेलमा सुरुवाती अग्रता लिएको थियो । तर सुनसरीले निर्धारित समयको अन्त्यपछि अतिरिक्त समयमा सम्हालिन नसक्दा हार ब्यहोर्न बाध्य भएको हो । खेलको ९३ औँ मिनेटमा सुनसरीका खेलाडीले फल गरेपछि पाएको फ्रिकिकमार्फत चर्च ब्वाइजका सुमन श्रेष्ठले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याउनु भएको थियो ।
त्यसपछि भएको ट्राइबेकर मार्फत चर्ज वाईजले जित निकालेको हो । प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार बयासी र उपविजेताले तीन लाख पचास हजार बयासी रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । खेलको सर्वोत्कृष्ट खेलाडीले बाइक प्राप्त गर्दा विभिन्न विधाका उत्कृष्ट खेलाडीले समेत नगद पुरस्कार प्राप्त गर्ने छन् ।



















