फाईनलको लागि योङ ब्रदर्श र चर्च ब्वाइज भिड्दै
ताप्लेजुङ । ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्ड कपमा आज देखि सेमिफाईनलका खेल शुरुहुदैछ । आज बुधवार फाईनल प्रवेशका लागि सनसरीको द योङ ब्रदर्श क्लब र ललितपुरको चर्च ब्वाइज क्लबबीच प्रतिष्पर्धा हुने भएको छ ।
गत साउन २४ गतेदेखि सुरु भएको गोल्डकपको उद्घाटन खेलमा सुनसरीले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तले पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको थियो भने । लतपुरले भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुडीलाई १–० को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
विहिवार दोश्रो सेमिफाइनलमा झापाको रेडस्टार फुटबल क्लब र सिराहाको सलहेश युवा क्लबबीच आमनेसामने हुने भएको छ । सिराहाले मंगलवार भएको अन्तिम क्वाटर फाइनलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६–० को फराकिलो गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । झापाले पोखराको सहारा क्लबलाई २–१ गोलले पाखा गाउँदै सेमिफाइनलमा प्रवेश थियो ।
आठ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुने छ । गोल्डकपको विजेताले नगद सात लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेलको सर्वोत्कृष्ट खेलाडीले बाइक प्राप्त गर्दा विभिन्न विधाका उत्कृष्ट खेलाडीले समेत नगद पुरस्कार प्राप्त गर्नेछन् ।



















