ताप्लेजुङ गोल्डकपको टिकट बिक्रीको लागि २० लाखको बोलपत्र आव्हान 

वेलकम खबर
असार ३१, २०८२

ताप्लेजुङ ।आउदो साउन २४ गते ताप्लेजुङको सदरमुकामा फुङलिङमा हुने तेस्रो अन्तराष्ट्रिय ताप्लेजुङ गोल्डकप सञ्चालनका लागि टिकट बिक्री गर्न बोलपत्र आव्हान गरेको छ । गोल्डकपमा टिकट बिक्रीको लागि इच्छा भएको कम्पनी, संस्था वा समुहलाई आजको मिति देखी ७ दिन भित्र मा लाखेजात्रा संचालन समितिको कार्यालयमा सम्पर्क राख्न आव्हान गरेको हो । उक्त आव्हान पत्रमा प्रतियोगिताको पहिलो चरणका ४ वटा खेलको टिकट दर रु १०० (एक सय) रहने छ भने दोस्रो चरण को २ (सेमिफाइनल) खेलको टिकट दर रु २०० रहने र फाइनल खेलको टिकट दर रु २५० रहने समिति को निर्णय भए अनुसार उक्त दर मा मात्र टिकट बिक्री गर्न पाइने उल्लेख गरेको छ ।
टिक  टिकट बिक्री गर्ने कम्पनी, संस्था वा समुहले कम्तीमा २० लाख यस संस्थालाई बुझाउनु पर्ने छ ।संस्थाले माग गरेँको रकमको ७५५ रकम अग्रिम भुक्तानी गर्नु पर्ने छ । प्रतियोगिता को सेमिफाइनलको खेलको समापन पछी उक्त बाकी रहेको २५५ रकम संस्थालाई बुझाउनु पर्ने छ। उक्त रकम ठेक्का लिने कम्पनी, संस्था वा समुहले नबुजाए फाइनल खेल को टिकट बिक्री आयोजक कमिटीले नै गर्ने समेत जनाएको छ ।  उक्त आव्हान पत्रका ताप्लेजुङ गोल्डकपका अध्यक्ष सागर मादेन र सचिव  टिकेन्द्र नेपालीले हस्ताक्षर गर्नु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*