नेपाल आइपुगे चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस

वेलकम खबर
बैशाख ९, २०८२

काठमाडौँ । ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । कार्लोसलाई आज आयोजक एनएसएलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। कार्लोसले नेपाल आउँदा खुशी लागेको बताएका थिए। उनले भोलि त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने दोस्रो क्वालिफायर रङ्गशालामा पुगेर खेल हेर्ने एनएसएलले जनाएको छ।
रोबर्टो कार्लोसले आजै ठमेलको एलओडी क्लबमा पनि विशेष उपस्थिति जनाउने छन्। सन् २००२ मा ब्राजिलले विश्व कप जित्दा कार्लोस प्रमुख खेलाडी थिए । कार्लोसले १ सय २५ अन्तर्राष्ट्रिय खेलमा ११ गोल गरेका छन् । यस्तै उनले क्लबबाट ७५६ खेलमा ९७ गोल गरेका छन् । रियल म्याड्रिड र ब्राजिलियन राष्ट्रिय टोलीका पूर्व खेलाडी समेत रहिसकेका कार्लोस फुटबल इतिहासका सबैभन्दा प्रशंसित डिफेन्डरमध्ये एक हुन् ।
फिफा विश्वकप र चार ला लिगा उपाधिहरूसहित दुई दशकभन्दा लामो व्यावसायिक फुटबल खेलका उनले विश्वभरका लाखौँ फुटबल प्रेमीहरूलाई प्रेरित गरेका छन् । उनी एक गाला डिनर, एक विशेष भेटघाट र अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । उनको परिस्थितिबाट एनएसएल मञ्चमा जोस र उत्साह छाउने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*