माओवादी वर्ग र समुदायको प्रतिनिधित्व गर्ने पार्टी हो : जनार्दन शर्मा

वेलकम खबर
चैत्र ९, २०८१

ताप्लेजुङ । नेकपा माओवादी केन्द्रका उप – महासचिव एवम् पूर्व गृह तथा ऊर्जामन्त्री जनार्दन शर्मा “प्रभाकर” ले नेकपा माओवादी केन्द्र ८४ सम्ममा पाटीलाई बहुमतको हकदार बनाउन अघि बढेको बताउनुभएको छ । शनिबार प्रेस सेन्टर नेपाल ताप्लेजुङ शाखाको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले माओवादी केन्द्र अहिलेबाट नै जनताको आवाज उठाएर ८४ सम्ममा पाटीलाई बहुमतको हकदार बनाएर देशको मार्ग चित्र कोर्ने, देशको आर्थिक अवस्था, सामाजिक अवस्थालाई मध्यनजर गर्दै देशको नेतृत्व गर्नका लागि अघि बढेको जानकारी गराउँनु भएको छ । यो सँगै सङ्घीयता लोकतन्त्र गणतन्त्रको रक्षा गर्दै समाजवादको बाटोमा जाने लक्ष्यका साथ अघि बढ्ने माओवादी केन्द्रको निती योजना रहेको पनि बताउनुभयो ।

साथै उहाँले माओवादी केन्द्र वर्ग र समुदायको प्रतिनिधित्व गर्ने पार्टी रहेको बताउनुभयो । माओवादी केन्द्र सरकारमा रहँदा होस् या काठमाडौँ केन्द्रीत हुँदा अथवा सहर केन्द्रीत हुँदा, ग्रामीण दूरदराज सँगै सहरका वर्ग समुदायको प्रतिनिधित्व गर्ने पाटी भएकोले यसबाट अलिक कति पनि अलग हुन नसक्ने उहाँको भनाइ छ । उक्त वर्ग सँग जोडिन र पाटी निर्माणको लागि पाटी भित्र चार/पाँच महिना देशै भरी व्यापक बहस गरी उहाँहरूको मुद्दालाई अगाडि लैजाने निष्कर्ष निकालेर अहिले माओवादी केन्द्र जनताको बिचमा गइसकेको उहाँले जानकारी दिनुभयो ।

यही कारण अहिले माओवादी केन्द्र जनताको बिचमा रहेको बताउँदै तराई मधेश केन्द्रीत अभियान सुरु गरी जनतासँग प्रत्यक्ष संवाद र सहकार्य भइरहेको पनि उहाँको भनाई छ । यस साथ साथै अब माओवादी केन्द्रको ध्यान रोजगारी सृजनामा रहेको पनि बताउँनुभयो ।

अर्को प्रसङ्गमा ताप्लेजुङ जिल्ला प्रकृतिले भरिपूर्ण जिल्ला भएका कारण यहाँ धेरै आर्थिक सोर्सहरु भएको र यसको सदुपयोग गरेर समृद्ध जिल्ला बनाइ अघि बढ्नु पर्ने बताउँनुभयो । यसले एउटा जिल्लाको मात्र नभई कोशी प्रदेशकै ठूलो योगदान गर्न सक्ने क्षमता भएको उहाँको भनाइ छ । त्यसको लागि यहाँसम्म पुग्ने सडक क्षेत्रमा माओवादी केन्द्र र आफूले यस अघि गरेको योगदानको स्मरण गर्दै यस्ता कदममा सधैँ साथमा रहने बताउनुभयो । यहाँ बनेका या बन्दै गरेका हाइड्रोपावरलाई सही सदुपयोग गरी स्थानीय जनताको संलग्नतामा, उहाँहरूको स्वामित्व र सहभागी हुने गरी अघि बढे स्थानीयको आर्थिक उन्नति हुने उहाँको धारणा थियो ।

यस्तै उहाँले भन्नु भयो, ‘ताप्लेजुङको पाथिभरा (मुक्कुमलुङ) नेपालकै सम्पती हो ।’ त्यसैले यो सम्पतीको सुरक्षा गर्ने, सही उपयोग गर्ने, स्थापित गर्ने हामी सबैको दायित्व रहेको उहाँको भनाइ छ । तर, पछिल्लो समयमा देखिएको दद्धलाई वार्ता र सम्वादको प्रकृयाबाट निर्क्योल गरेर सहमतिमा अघि बढ्नु पर्ने माओवादी केन्द्रको मान्यता रहेको उहाँले बताउनुभयो ।  रेडियो काबेली

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*