माछापोखरीको उपाधि झापालाई

वेलकम खबर
फाल्गुन ३०, २०८१

ताप्लेजुङ । ताप्लेजुङको चाँगेमा भएको माछापोखरी हिटी गोल्डकपको उपाधि न्यू स्टार क्लब झापाले हात पारेको छ । आठराई त्रिवेणी वडा ५ को चाँगे माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगितामा मरिक एफसी धरानलाई १-० शून्य गोल अन्तरले हराउँदै झापाले उपाधि उचालेको हो ।

खेलको ७५ औं मिनेटमा झापाका लागि एक मात्रै निर्णायक गोल निश्चल बस्नेतले गरेका थिए । विजेता झापाले ३ लाख रुपैयाँ सहित ट्रफ, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।
दोश्रो अर्थात उपविजेता धरानले १ लाख ६० हजार प्राप्त गन्यो । विजेतालाई पालिका अध्यक्ष दिपेन पोमुले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु