ताप्लेजुङमा दर्शकको उत्साह , टिकट बिक्रीबाट २४ लाख आम्दानी

मदन गौतम
भदौ १०, २०८१

ताप्लेजुङ । खेलाडीहरु ताप्लेजुङमा फुटबल खेल्न पाउदा अत्यन्तै खुशी हुन्छन किनकी ताप्लेजुङमा दर्शकको कुनै कमि हुदैन त्यस्तै भयो यसपाली पनि भदौ ३ गते देखि १० गते सम्म ताप्लेजुङ सदरमुकाम फुङलिङमा भएको खेलाईएको दोश्रो अन्तर्राष्ट्रिय आमन्त्रित  ताप्लेजुङ गोल्ड कपमा त्यो पनि टिकट लिएर फुटवल हेरे ।

दोस्रो ताप्लेजुङ गोल्डकप फाइनल खेल सकिँदा टिकट बिक्रीबाट २३ लाख ७६ आम्दामी गरेको लाखे जात्रा सञ्चालक समितिका कोषाध्यक्ष निरज श्रेष्ठले बताए । कोषाध्यक्ष श्रेष्ठका अनुसार आज भएको फाइनल फाइनल खेलमा मात्रै १० लाख १४ हजार रूपैयाँ को टिकट बिक्री भएको जनाएका छ । भारतको एक टिम सहित ८ टिमका सहभागिता रहेको खेलमा शुरु देखि नै दर्शकका लागि टिकटको ब्यवस्था गरिएको थियो ।


चारवटा क्वाटर फाइनलका खेलहरू बाट ७ लाख ९ हजार ८०० रुपैयाँ संकलन भएको थियो र दुईवटा शुक्रबार र शनिबार भएको सेमिफाइनलका खेलबाट ६ लाख ५२ हजार ८ सय रुपैयाँ टिकट बिक्रीबाट आयोजकलाई आम्दामी भएको हो । आयोजकले क्वाटर फाइनल चरणका खेलहरूमा रु १००, सेमिफाइनलमा रु २०० र फाइनल खेलमा रु २५० दरको टिकट निर्धारण गरेको थियो।
भब्य र शब्य तरिकाले सम्पन्न भएकोमा लाखेजात्रा फुटबल सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले सबैलाई हार्दिक आभार ब्यक्त गदै धन्यवाद दिएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*