झापा आर्मीलाई स्तबध पादै सेमिफाईनलमा

ताप्लेजुङ । विर्तामाड युनाईटेड फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौलाई ३–० गोल अन्तरले स्तबध पादै अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपको सेमिफाईनलमा स्थान बनाएकोछ ।
जितका लागि झापाका अभिसेक गुरुङले खेलको ४६ औ मिनेटमा गोल गदै टिमलाई अग्रता दिलाएका थिए । झापाले दबाबमा राखेर प्रतियोगिताको ६४ औ मिनेटमा देवेन्द्र तामाङले अर्को गोल थपे । तेस्रो गोल झापाका हिप्सु थपलियाले ६५ औ मिनेटमा गरेका थिए । खेलमा देवेन्द्र तामाङ म्यानअफद म्याच भए । उनले नगद पाच हजार प्राप्त गरेकाछन । खेल अवधीभर दबाबमा परेको आर्मीले धेरै अवसरलाई गोल चालिमा चुम्न नसक्दा हार ब्योहरेको हो । नेपालको राष्ट्रिय टिमका पुर्व कप्तान भरत खवास ,खेलाडी नवयुग श्रेष्ठ लगायतका चर्चित खेलाडीहरु भए पनि झापासँग स्तबध भएकोछ ।
भाद्र ८ गते हुने दोस्रो सेमिफाईनलमा विर्तामाड युनाईटेड फुटबल क्लबले सिराहाको सहलेश युवा क्लबसँग भेट पक्का गरेकोछ । पहिलो सेमिफाईनल खेल भाद्र ७ गते शुक्रवार दिनको ठिक २ः३० बजे सगरमाथा युथ क्लब मोरङ र संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङ विच प्रतिस्पर्धा भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा हुने आयोजक समिती अध्यक्ष देवराज गुरुङले बताउनु भयो । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित खेलको विजेताले नगद ५ लाख उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् । खेलका विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।