पाँचथरलाई पराजित गर्दै सिराहा सेमिफाईनलमा

ताप्लेजुङ। पाँचथर फुटबल क्लब पाँचथर लाई परजित गदै सलहेश युवा क्लब सिराहा सेमिफाईनलमा पुगेकोछ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोश्रो संस्करणको आज भएको दोस्रो क्वाटर फाईनलमा सहलेस सिराहाका जय गुरुङले खेलको ४१ औ मिनेटमा गोल गर्दा सिराहा सेमिफाईनलमा प्रवेश गरेको हो । प्रतियोगितामा सलहेश युवा क्लब सिराहाले पाँचथर फुटबल क्लब पाँचथरलाई १–० गोल अन्तरले जित निकालेको हो ।
गोल स्कोर जय गुरुङ आजका म्यानअफद म्याच बनेकाछन् । सलहेश युवा क्लब सिराहाले भाद्र ६ गते हुने त्रिभुवन आर्मी र विर्तामोड युनाईटेड झापा बीचको बिजेतासँग भाद्र ८ गते सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ भने पाँचथर फुटबल क्लब पाँचथरको टिम भने घर फकिएको छ । तेस्रो क्वाटर फाईनल खेल बुटबल लुम्बीनी रुपन्देह र सगरमाथा युथ क्लब मोरङ बीच भाद्र ५ गते हुने आयोजकले बताएकाछन् ।
लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा भानुजन माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित खेलको विजेताले नगद ५ लाख उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् । खेलका विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।