चार वर्षअगावै निर्वाचनको तयारीमा दलहरू

काठमाडौं । आमनिर्वाचन आउन अझै चार वर्ष बाँकी छ । तर, राजनीतिक दल निर्वाचनकेन्द्रित ‘मिसन २०८४’ को दौडमा लागेका छन् । एक निर्वाचनदेखि अर्को निर्वाचनमै केन्द्रित भएका र दलहरू मुलुकको आर्थिक अवस्थामा छलफल, सुधार्ने विषयमा गम्भीर देखिएका छैनन् ।
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले अहिले नै ‘मिसन २०८४’ केन्द्र्र्र्रित गतिविधि थालेका छन् । पार्टीका बैठकदेखि कार्यक्रममा शीर्ष नेताहरूले आफ्ना नेता कार्यकर्तालाई सोहीनुसार लाग्न निर्देशनसमेत दिइरहेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले निर्वाचनकेन्द्रित रहेर पुष्पलाल मध्यपहाडी लोकमार्गमा १४ मंसिरदेखि अभियान सुरु गर्दै छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सो अभियानको नाम ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’ दिइएको छ ।
यसअघि प्रदेश अधिवेशन सम्पन्न गरेको एमालेले आफ्नो कमिटीमा युवाहरूलाई विशेष सहभागिता भन्दै १० प्रतिशत कोटा नै छुट्याएको थियो । युवाहरूलाई आकर्षित गर्दै अगामी निर्वाचनमा मत तान्ने रणनीति एमालेको थियो । अधिवेशनको उद्घाटन गर्दै आगामी निर्वाचनमा केन्द्रित हुन र बहुमत ल्याउनेगरी जुट्न अध्यक्ष ओलीले निर्देशनसमेत दिए । अन्य सार्वजनिक कार्यक्रममा समेत एमाले अध्यक्ष ओलीले मिसन २०८४ मा केन्द्रित हुन निर्देशन दिँदैआएका छन् ।
एमालेबाट विभाजन भई नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० गठन भएको थियो । एकीकृत समाजवादीले हालै मेची–महाकाली यात्रा सम्पन्न गरेको छ । तराई मधेसमा पूर्वदेखि पश्चिम महाकालीसम्म यात्रा गरेको एकीकृत समाजवादीले सो अभियानलाई समृद्धि यात्रा भनेको थियो । तर, सो अभियान पनि आगामी निर्वाचनकेन्द्रित नै रहेको थियो ।
यस्तै, सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्रले समेत हालै तीनमहिने विशेष अभियान सम्पन्न गरेको छ । गाउँदेखि सहर र प्रत्येक वडाकेन्द्रित सो अभियान संगठन निर्माण, सरकारले गरेका राम्रा कामको प्रचारमा मात्रै सीमित रहेन । माओवादी केन्द्रसमेत आगामी निर्वाचनकेन्द्रित भएर जनताका बीचमा पुगेर २०८४ सालको निर्वाचनका लागि मत माग्नमै सीमित भयो ।
संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सोमबार मधेसको जिल्ला सिरहाको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको बैठक गरेको छ । बैठक बस्नुभन्दा अघि रास्वपाले मधेसका विभिन्न जिल्लाका प्रमुख सहरकेन्द्रित सभाहरू ग¥यो । रास्वपाका अध्यक्ष रवि लामिछानेले आफ्ना नेताकार्यकर्तालाई मिसन २०८४ मा केन्द्रित हुन निर्देशन दिँदैआएका छन् ।
बैठक, सभालगायत सार्वजनिक कार्यक्रममा लामिछानेले अहिले आफूहरूको बहुमत नभएकाले सरकार गठन गर्न नसकेको बताउँदै आफ्नै पार्टीको नेतृत्वमा सरकार गठनका लागि बहुमत आवश्यक भएकाले आगामी निर्वाचन अर्थात् मिसन २०८४ मा केन्द्रित भई अगाडि बढ्न निर्देशन दिँदैआएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मिसन २०८४ का ’दयगतमा मौनजस्तो देखिन्छन् । तर, कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले आगामी निर्वाचनबाट बहुमत ल्याउनेगरी मिसन २०८४ मा जुट्न सार्वजनिक रूपमै अभिव्यक्ति दिँदैआएका छन् ।
तराई मधेस केन्द्रितमा मात्रै आफ्नो पार्टीले जनमत पाएपछि जनमत पार्टीका अध्यक्ष भूकम्पपीडित क्षेत्र जाजरकोट पुगेका छन् । भूकम्पपीडितसँग भेट्दै उनी पहाडमा समेत आफ्नो पक्षमा जनमत जुटाउने अभियानमा जुटेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), आमजनता पार्टी (आजपा) लगायतका साना दलहरूसमेत आगामी निर्वाचनको आन्तरिक तयारी गर्दै मिसन २०८४ कै दौडमा लागेका छन् ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।