रोट्रयाक्ट क्लब अफ बिर्तामोडद्वारा पाथीभरा क्षेत्र विकासलाई अक्सिजन र औषधि प्रदान

बिर्तामोड । पाथीभरा अक्सिजन परियोजना ८ वर्ष पूरा भएको छ । आठ वर्ष अघि रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनका संस्थापक अध्यक्ष शरद जोशीले अक्सिजनको अभावका कारण एक बालकले ज्यान गुमाएको घटनाबाट प्रेरित भई सो अभियानशुरू गरेका थिए ।
यस वर्ष पनि क्लबले अध्यक्ष संजय अग्रवालको संयोजकत्वमा पाथीभरा मन्दिरमा आवश्यक औषधि, अक्सिजन सिलिन्डर तथा उपकरणहरू प्रदान गरेको छ । उनीहरुले करिब एक लाख रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरेको सदस्य सौम्य शर्माले जानकारी दिए ।
संस्थापक अध्यक्ष शरद जोशी, अध्यक्ष संजय अग्रवाल, दिनेश खतिवडा, देव शर्मा, दिपेश अग्रवाल, सौम्य शर्मा र मौसम घिमिरेले पाथीभरा मन्दिर परिसर र पदमार्ग क्षेत्रको सरसफाइ समेत गरेका थिए ।उक्त परियोजना संस्थाको वार्षिक गतिविधिका रूपमा स्थापना भइसकेको र आगामी दिनहरूमा समेत यसलाई निरन्तरता दिने योजना रहेको संस्थाले जनाएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले क्लबको योगदानप्रति आभार प्रकट गर्दै सो कार्यमा सहभागी क्लबको टोलीलाई समितिको कार्यालयमा आइतबार स्वागत तथा धन्यवाद व्यक्त गरेका थिए । उनीहरूलाई समितिको कार्यालयमा मायाको चिनो प्राण गरिएको थियो । -paribeshmedia