ताप्लेजुङको तीन पालिकाको परिवार संख्या ऋणात्मक
ताप्लेजुङ । २०६८ को जनगणनाको तुलनामा २०७८ मा ताप्लेजुङका तीनवटा स्थानीय तहको परिवार सङ्ख्या ऋणात्मक भएका छन्।ऋणात्मक हुने पालिकाहरूमा पाथीभरा याङ्वरक गाउँपालिका, मिक्वाखोला गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिका रहेका छन्।
तथ्याङ्क कार्यालय इलामले मङ्गलबार सदरमुकाम फुङ्लिङमा आयोजना गरेको तथ्याङ्कीय साक्षरता तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरेको हो।२०६८ को जनगणनामा कुल २८सय ३४ परिवार सङ्ख्या रहेको पाथिभरा याङ्वरकमा २०७८ सालको जनगणनामा घटेर २७ हजार ५ पुगेको छ।
आठराई त्रिवेणी गाउँपालिकामा २०६८ सालको जनगणनामा २८सय ८८ को सङ्ख्यामा परिवार सङ्ख्या रहेको थियो भने सो संख्या घटेर २०७८ को जनगणनामा २८ सय ५४माझरेकाा तथ्याङ्कले देखाएको छ । मिक्वाखोला गाउँपालिकामा २०६८ सालको जनगणनामा परिवार सङ्ख्या १ ८सय ६९ रहेकोमा २०७८ मा आइपुग्दा १८ सय ४५ को सङ्ख्यामा झरेको पाईएको छ । तथ्याङ्कले जिल्लाका अन्य ६ वटा पालिकाहरूको परिवार सङ्ख्याको विवरण भने बढ्दो रूपमा देखाउँछ ।
सबैभन्दा धेरै परिवार सङ्ख्या फुङ्िलङ नगरपालिकामा बस्दछन्।फुङ्लिङ नगरपालिकाको २०६८ सालको जनगणना अनुसार ५ हजार ९ सय ८६ रहेकोमा जनगणना २०७८ मा यो सङ्ख्या बढेर ६ हजार ८ सय ९७ पुगेको छ। त्यस्तै जिल्लाको सिरिजङ्घा गाउँपालिकामा २०६८ सालको जनगणनामा कुल ३२ सय २७ परिवार संख्या रहेकोमा २०७८ को जनगणनाले ३२ सय ५५ रहेको पाइएको छ ।
सिदिङ्वा गाउँपालिकामा २०६८ सालको जनगणनामा २३ सय ७० परिवार सङ्ख्या रहेकोमा सो सङ्ख्या बढेर २०७८ को जनगणनामा २४ सय ७६ पुगेको छ।क्षेत्रफलको हिसाबले जिल्लाकै ठूलो गाउँपालिका फक्ताङ्लुङमा २०६८ को जनगणना अनुसार २५ सय २५ परिवार सङ्ख्याको बसोबास रहेको थियो भने हाल आएर २८ सय ३२ पुगेको छ।
यता, मेरिङ्देन गाउँपालिकाको परिवार सङ्ख्या २०६८ सालको जनगणनामा २५सय ७६ थियो भने ७८ को जनगणनाले २६सय ६२ पुगेको देखाएको छ। मैवाखोला गाउँपालिकामा २०६८ सालको जनगणनामा २१सय ९४ रहेको परिवार सङ्ख्या २०७८ को जनगणनामा आइपुग्दा २२सय४९ पुगेको छ। यस्तै २०७८ को जनगणना अनुसार लिम्बु जातिको सङ्ख्या जिल्लामा बसोबास गर्ने कुल जनसङ्ख्याको ४२ . ६ प्रतिश (सबैभन्दा बढि )रहेको देखाएको छ । जिल्लामा दोस्रो धेरै शेर्पा जातिको बसोबास रहेको छ । शेर्पा जातिको सङ्ख्या .११ .९८ प्रतिशत रहेको पाइएको छ । तेस्रो स्थानमा रहेको क्षेत्री जातिको सङ्ख्या ११ .६७ प्रतिशत रहेको छ भने पहाडी ब्राह्मण जातीको ५ . ७० प्रतिशत रहेको छ । जिल्लामा राई समुदायको बसोबास ५.०६ प्रतिशत,गुरुङ जातिको ४. ७३ प्रतिशत ,तामाङ जातिको ४ . ६६ प्रतिशत, कामी जातिको ४ .५५ प्रतिशत,दमाई जातिको १ .४५ प्रतिशत, नेवार जातिको १.३९ प्रतिशत, मगर जातिको १.१० प्रतिशत, सुनुवार जातिको १. ०५ प्रतिशत र अन्य जातिय समुदायको ४.०६ प्रतिशत जनसङ्ख्या रहेको विवरण तथ्याङ्क कार्यालय इलामका तथ्याङ्क अधिकृत किरणकुमार राईले प्रस्तुत गर्नुभयो।



















