७५३ मेगावाट तमोर जलासययुक्त आयोजना चाँडो शुरु गरौ

काठमाडौ । ऊर्जा मन्त्री दीपक खड्काको संयोजनमा तमोर जलासययुक्त बहुउद्देशीय आयोजनाका बारे आज उर्जा मन्त्रालयमा छलफल भएको छ ।
७५३ मेगावाट विद्युत्त उत्पादन हुने जलासययुक्त आयोजनाले जल यातायात र ठुलोमात्रामा पर्यटन बिकास हुने प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो । उहाँले मोरङको चिसाङ मार्फत झापा, मोरङ र सुनसरीमा १ लाख भन्दा बढी क्षेत्रफलमा सिंचाई सुविधा पुरयाउने सकिने उहाँको दाबी छ ।
सांसद भट्टराईले आयोजनामा पुनर्वास न्यून रहेको र सडक पहुँच सहज भएकाले कम लागानीमा धेरै र छिटो प्रतिफल दिन सकिने उहाँको भनाई थियो । आयोजनाका बारेमा विगतमा भएका कामका सन्दर्भमा समिक्षा गरेर आगामी दिनमा आयोजनालाई नयाँ ढंगले कार्यान्वयन अघि बढाऊने, लगानीको ढाँचा सुनिश्चित गर्ने, तीन तहको सरकार र जनस्तरबाट सामुहिक पहल गर्ने, बिदेशी लगानीको संभावना खोजी गर्ने लगायतका विषयमा छलफल भएको सांसद भट्टराईले बताउनुभयो । बैठकमा ताप्लेजुङ, तेह्रथुम र धनकुटाका प्रतिनिधिसभा सदस्य, योजना आयोग, लगानी बोर्ड,मन्त्रालय सचिव, विद्युत्त प्राधिकरण सम्बन्धित बिभागका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।