उपभोक्ता अधिकार दिवसको अवसरमा फुङलिङ बजार अनुगमन
ताप्लेजुङ । उपभोक्ता अधिकार दिवसको अवसरमा फुङलिङ बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय , फुङलिङ नगरपालिका र घरेलु तथा साना उद्योगले अनुगमन गरेका हुन । अनुगमनका क्रममा माछा, कुखुरा लगायतका खाद्य वस्तुमा समस्या देखिएको र कतिपय खाद्य वस्तु नष्ट गरिएको थियो । फुङलिङ बजारमा पटक पटक आगलागिका घटना घटिरहे पनि बोतलमा राखेर पेट्रोल डिजेल जथाभावी बिक्रि भएको, तरकारी र अन्य सुत्रीजन्य वस्तुहरु सगैं राखेर विक्री गर्दै गरेको पाइएको छ । अनुगमनमा प्रशासन, नगरपालिका, घरेलु तथा साना तथा उद्योग बाणिज्य संघ लगायतका कार्यालयका प्रतिनिधिहरु सहभागी थिए



















