आठराई त्रिवेणीको बजेट ५१ करोड ५८ लाख

वेलकम खबर
असार १०, २०८३

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८३—८४ का लागि ५१ करोड ५८ लाख ६८ हजार १३४ रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमू (दिपेन) को अनुमतिमा उपाध्यक्ष शान्ताखकुमारी आङबुहाङले गाउँसभाको बजेट अधिवेशन मार्फत उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

उपाध्यक्ष आङबुहाङले प्रस्तुत गर्नुभएको बजेटमध्ये चालुतर्फ ३३ करोड ७१ लाख ९८ हजार १ सय ३४ रुपैयाँ र पुँजीगततर्फ १७ करोड ८६ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको छ । बजेटले शिक्षा, स्वास्थ्य, कृषि, विद्युत तथा दिगो पूर्वाधारलाई समृद्धि यात्राको मुख्य आधारका रूपमा अघि सारेको छ ।

यस्तै आगामी आर्थिक वर्षका लागि राजस्व परिचालनसम्बन्धी नीति तथा कार्यक्रम पनि सभामा प्रस्तुत गरिएको छ । राजस्व नीति तय गर्दा सरोकारवालाहरूसँगको समन्वयमा करको दायरा र क्षेत्र विस्तार गर्ने, राजस्व प्रशासनलाई प्रविधिमैत्री बनाउने तथा प्रत्यक्ष संलग्न जनशक्तिको क्षमता विकास गर्ने नीति अवलम्बन गरिने उपाध्यक्ष आङबुहाङको भनाइ छ ।

गाउँपालिकाले “समृद्ध आठराई त्रिवेणी निर्माणको दरिलो आधार शिक्षा, स्वास्थ्य, कृषि, विद्युत र दिगो पूर्वाधार” भन्ने दीर्घकालीन लक्ष्यलाई केन्द्रमा राख्दै नीति तथा कार्यक्रम अघि बढाइएको जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*