अध्यक्ष कपको उपाधि केशव र शिवको जोडीलाई

वेलकम खबर
फाल्गुन १५, २०७८

ताप्लेजुङ । मिक्वाखोला गाउपालिकाको प्रायोजन तथा मिक्वाखोला गाउपालिका ब्याडमिन्टन संघको आयोजनामा २०७८ फागुन १३ गतेबाट संचालन भएको अध्यक्ष कप जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता समापन्न भएको छ ।
कर्मचारी तर्फ पाथीभरा याङवरक गाउपालिका जोडी केशब पौडेल र शिव काम्भाङले प्रथम स्थान हासिल गर्नु भयो र दितिय मिक्वाखोलाको जोडी मान बहादुर पालुङवा र बिमल कुमार यक्सो र सान्तना गजेन्द्र थलङ र चन्द्र प्रसाद सावा , मिङमा शेर्पाा र सुवास लिम्बुले सान्तजना स्थानमा चित बुझाउनु परेको हो ।
खुल्ल ए तर्फ प्रथम दिपेन गुरुङ र दिपक तिवारी , द्धितीय बसन्त गुरुङ र सागर गुरुङ तथा सान्तना विकाश तामाङ र युवराज बोगटी , गजेन्द्र थलङ र डिक बहादुर राउत हुनु भयो भने खुल्ला बि तर्फ प्रथम युवराज बोगटी र रमेश चोङवाङ दितिय विकाश तामाङ र गजेन्द्र नाल्बो सान्तना ज्ञानु तेम्बे र उदय यादब तथा मिङमा शेर्पा र प्रताब साँवाले हात पार्नु भयो । पुरस्कार राशि खुल्ला ए तर्फ प्रथम ४० हजार ५ सय ५५ दितिय ३० हजार ५ सय ५५ सान्तना ५ हजार खुल्ला बि र कर्मचारीको पुरस्कार रासी समान रहेको छ । प्रथम ,द्धितीय , सान्तना क्रमस ३५ हजमर ५ सय ५५ , २५ हजार ५ सय ५५ र ५ हजार रहेको छ । बिजेता उपबिजेता तथा सान्तना हुने टिमले नगद सहित टफि मेडल प्रमाण पत्र पाप्त गरेका छन । यो गाउपालिकामा फुङफुङगे झरना , तोक्पे गोला , सोदुपोखरी जस्ता पर्यटकिय क्षेत्र भएको पालिका हो । विगतका बर्षबाटै गाउपालिकाको ४ वटा वडाममा सवारी साधन संञ्चालनमा आए पनि वडा नं ५ पापुङमा यसै महिनाबाट संचालनमा आएको छ । । अध्यक्षको प्रमुख राम कुमार सावा आथित्यतामा तथा सबै वडाका वडा अध्यक्षको उपस्थितिमा कार्यक्रम समापन भएको थियाृे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*