एमाले ताप्लेजुङको अध्यक्षमा साम्सोहाङ र थेबे बीच कडा प्रतिपर्धा हुदै
ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङको ११ जिल्लाबाट अध्यक्षका लागि हालको संयोजक बलबहादुर साम्सोहाङ र सहसंयोजक भुपेन्द्र थेवे बीच कडा प्रतिश्पर्धा हुने भएको छ । दुवै समूहले आ आफनो पदाधिकारीको टुङ्गो लगाएको हो ।
अध्यक्षमा बलबहादुर साम्सोहाङ,उपाध्यक्ष मातृका भट्टराई,सचिवमा केशर मेन्याङवो,उप सचिवमा मणिशखर पोमु र सन्तोष चोङवाङको उम्मेदवार टुङ्याएको हो । त्यस्तै भुपेन्द्र थेबे समूहले पदाधिकारीमा उम्मेदवारी दिनेहरुको टुङ्गो लगाएको छ । यो समूहबाट अध्यक्षमा थेबे,उपाध्यक्षमा सन्तोष खतिवडा,सचिवमा मंगलसिंह केदेम र उपसचिवमा दीपेन्द्र पोमू(दीपेन) र लिलाचक्र गुरुङ उम्मेदवार बन्ने पक्का भएको छ ।
अधिबशेनको बन्दसत्र जारी रहेको छ ताप्लेजुङ सदरमुकाम फुङलिङमा अधिबशेन अन्र्तगत ६ सय ५७ जना मतदाताको नाम प्रकाशित भएको हो । यो संगै निर्वाचन कार्यक्रम सुरु भएको छ । ९ स्थानीय तह र ६१ वटा वडा रहेको ताप्लेजुङमा एमालेले जिल्ला कमिटीमा कम्तिमा प्रत्येक वडाबाट १ जना सदस्य अटाउने गरी एमालेले तयारी गरेको। कम्तिमा ३३ प्रतिशत महिला सहभागितालाइ समेत वडाबाटै समेट्नुपर्ने हुन्छ । ५ पदाधिकारी सहित बढीमा ९० सदस्यीय जिल्ला कमिटी गठन हुने एमाले बिधानको व्यवस्था रहेको छ ।



















