दिप लिम्बूको ‘जिन्दगी यो’ सार्वजनिक (भिडियोसहित)

वेलकम खबर
अशोज ६, २०७७

ताप्लेजुङ। दिप लिम्बूको आवाजमा रहेको ‘जिन्दगी यो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। रमेश सुनुवारको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई खबर अफ नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

ताप्लेजुङको विभिन्न रमणीय स्थानमा छाँयाङ्कन भएको भिडियोमा प्रिन्स लिम्बू (एन्जल) र रिस्ता गुरुङको मुख्य अभिनय रहेको छ। साथै भिडियोमा भूमिका लिम्बू, ईना राई, अनु तामाङ र विमला गुरुङको पनि अभिनय रहेको छ।

पदम श्रेष्ठको निर्देशनमा बनेको यस भिडियोमा नृत्य निर्देशन रोशनी मावोहाङ लिम्बूको रहेको छ। भिडियोलाई देउमान पालुङ्वा लिम्बूले खिचेको हुन् भने बलराम समालको एरेन्ज रहेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*