रमेश सेन्चुरीको संगीतमा ‘झल्को आमाको’ तीज गीत सार्वजनिक (भिडियोसहित)

वेलकम खबर
साउन २३, २०७७

काठमाडौँ। चर्चित संगीतकार तथा सुरताल डिजिटल रेकर्डिङ् स्टुडियोका संचालक रमेश सेन्चुरीको संगीत र संगीत संयोजनमा मौलिक ”झल्को आमाको” तीज गीत सार्वजनिक भएको छ।

नारीहरुको पर्व हरीतालिका तीज नजिकिएसंगै तीजलाई लक्षीत गर्दै मौलिक ‘झल्को आमाको’ तीजगीत पुनम लामाले लेखेकि हुन्। जुन गीतमा गायिका सरस्वती सापकोटाले आवाज दिएकी छिन्।

एक चेलीले वर्षदिनको तीज आएसंगै टाढाको माइती जान नपाउदाको पिडा अनि आमाको याद सम्झना आउदाको क्षणलाई गीतमा समावेश गरिएको छ। पराइको घरमा गएपछि आफूलाई दुख परेका कुराहरु आमालाई फोन मार्फत सुनाएको गीतमा देखाइएको छ।

गितको निर्देशन तथा सम्पादन जीवन सेन्चुरीले गरेका छन्। भने सुप्रिया सेन्चुरी र माया कुमारी सेन्चुरी लगायतले अभिनय गरेका छन्। उक्त गीत सुरताल डिजिटल रेकर्डिङ स्टुडियोमा रेर्कड भएको हो। गितको रेर्कड रमेश सेन्चुरीलेनै गरेका हुन। भने छायांकन कमल एलेक्सको रहेको छ।

कुनैपनि गित संगीत रेकर्डिक संगीत समायोजन गर्नुपरेमा सुरताल डिजिटल रेकर्डिङ स्टुडियोलाई 9841146878  मा सम्पर्क गर्न सकिने समेत स्टुडियोका संचालक रमेश सेन्चुरीले बताए। जेआरसी मिडिया युट्युब च्यानल देखि गीतको भिडियो सार्वजनिक भएको हो।

https://youtu.be/VSTATdwpZ6Q

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*