अंकिताले सुशान्तको सम्झनामा जलाइन् दियो
काठमाडौं। बलिउडका अभिनेता सुशान्त सिंशह राजपुतको निधन भएको १४ जुलाई अथवा हिजो ठिक एक महिना पुगेको छ। १४ जुनमा सुशान्तले मुम्बई स्थित आफ्नै निवासमा आत्महत्या गरेक थिए।
उनको निधन भएपछि उनको सम्झना क्रम जारी छ। सुशान्तको निधनबाट पुरै चलचित्र उद्योग र साथीहरु स्तब्ध भए छन्। जो उनीसँग नजिक थिए उनीहरु धेरै निराशा भएका छन्। सुशान्त अंकिता लोखंडेसँग लामो प्रेम सम्बन्धमा थिए। एक महिनादेखि सामाजिक सञ्जालबाट टाढा भएकी अंकिता इन्स्टाग्राममा फर्किएकी छिन्।
अंकिताले सुशान्तको निधन पश्चात पहिलोपटक पोस्ट गरेकी छिन्। बलेको दियोको तस्वीर राखेर ‘चाइल्ड अफ गाड’ लेखेकी छिन्। सुशान्त र अंकिता टिवी शो पवित्र रिस्तामा काम गर्दा नजिकिएका थिए। यो जोडीको ६ वर्षकोे लामो प्रेम सम्बन्धपछि २०१६ मा ब्रेकअप भएको थियो।



















