वेपत्ता भएकी अभिनेत्री नाया रिवेरा ६ दिनपछि मृत फेला
एजेन्सी। ६ दिन अघि तालमा बेपत्ता भएकी अमेरिकाकी अभिनेत्री मृत अवस्थामा फेला परेकी छिन्। अभिनेत्री ३३ वर्षीया नाया रिवेरा बुधबार बेलुका दक्षिण क्यालिफोर्निया रहेको पिरु तालमा बेपत्ता भएकी थिइन्। अन्तर्राष्ट्रिय मिडियाका अनुसार उनको शव ६ दिनपछि पिरु ताल नजिकै भेटिएको हो।
उनी डुङगा भाडामा लिई आफ्नो बच्चासँग बोटिङ गर्दै गर्दा हराएकी थिइन्। उनको डुङगा तीन घण्टापछि बच्चा मात्र सुतिरहेको अवस्थामा हवाई र्स्क्यु टिमले फेला पारेको थियो।
बच्चाले आमा पौडी खेल्न गएको तर फर्केर नआएको बताएका थिए। सानै उमेरदेखी अभिनय गर्न सुरु गरेकी नाया रिवेरा अहिले अमेरिकाकै चर्चित गायिका तथा अभिनेत्रीमा पर्छिन्। उनले सन् २००९ देखि फक्स टिभीमा सान्ताना लोपज नामक शोमा काम गरेकी थिइन्।



















