दीपाश्रीलाई केकीको साथ : दी पहिलो गल्ती त तपाईं छोरी भएर जन्मिनु भो

वेलकम खबर
असार २७, २०७७

काठमाडौँ। कलाकार तथा निर्देशक दीपाश्री निरौलाले चर्चित अभिनेता राजेश हमाललाई महानायकको उपाधि दिनु गलत रहेको आशयमा एक अन्तर्वार्ता दिए पछि उनको चौतर्फी विरोध भइरहेको छ।

यसै बिच दिपाको बचौँ गर्दै  नायिका केकी अधिकारीले दीपा छोरी भएर जन्मिनु नै गल्ती भएको बताएकी छिन्। दीपाको चौतर्फी विरोध गर्नेहरूहरू प्रति व्यङ्ग्य गर्दै  सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नायिका अधिकारीले दीपा कलाकारिता क्षेत्रमा सफल हुन नै गल्ती भएको बताएकी हुन्।

आफ्नो विचार राखेर कसेको चित्त दुखे पुन माफी माग्नु नै दीपाको गल्ती भएको नायिका अधिकारीले व्यङ्ग्य गरेकी हुन्। उनले लेखेकी छिन्, ‘आफ्नो भनाइ अनि विचार किन राखेको भन्या के? अनि फेरि तपाईंले कसैको चित्त नदुखाउन माफी मागेर अति गर्नुभयो।’

एक टेलिभिजन कार्यक्रममा राजेश हमाललाई व्यक्ति विशेषले महानायकको ट्याग लगाइदिएको भन्दै नेपाली चलचित्र उद्योग अपठ्यारोमा पर्दा सहयोग नगर्नेमा राजेश हमाल पनि रहेको भनेकी थिइन्।

बलिउडमा चलचित्र क्षेत्र तथा जनता अपठ्यारोमा पर्दा अमिताभ बच्चनले अझै पनि सहयोग गरिरहेको र चलचित्र खेलिरहेको तर राजेशले सहयोग नगरेको उनले बताएकी थिइन्। दीपाश्रीले कोरोनाका कारण चलचित्र प्राविधिकहरू अपठ्यारोमा पर्दा अन्य चलचित्रकर्मीहरूले सहयोग गरे पनि राजेशले सहयोग नगरेको भन्दै आफ्नो नैतिक जिम्मेवारीबाट भागेको टिप्पणी गरेकी थिइन्।

उनको यस्तो टिप्पणी पछि उनको अझै पनि विरोध भइरहेको छ। उनले माफी पनि मागी सकेकी छिन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*