सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलरले बनायो विश्व रेकर्ड

वेलकम खबर
असार २३, २०७७

काठमाडौँ। सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ ट्रेलरले विश्व रेकर्ड बनाएको छ।  सोमबार रिलिज भएको  ट्रेलरलाई लाखौँले मन पराएका छन् र यसैकारण यसले विश्व रेकर्ड हो। साथै ‘दिल बेचारा’ को ट्रेलर युट्युबमा रिलिज भएको ९८ मिनेटभित्र १० लाख लाइक पाउने संसारको पहिलो भिडियो बनेको छ।

ट्रेलर रिलिज हुनु अघि नै ५५ हजार लाइक भिडियोले पाइसकेको थियो। फिल्म ‘दिल बेचारा’ बाट कास्टिङ निर्देशक मुकेशश छाबडाले निर्देशकको रुपमा आफ्नो डेब्यु गरेका हुन्। फिल्ममा सुशान्त सिंह राजपूत र सन्जना सांघीबाहेक सैफ अली खान र स्वस्तिका मुखर्जीको पनि मुख्य भूमिका रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*