दीपाश्रीले राजेश हमालका फ्यानसँग मागिन् माफी 

वेलकम खबर
असार १८, २०७७

काठमाडौँ। कलाकार तथा निर्देशक दीपाश्री निरौलाले चर्चित अभिनेता राजेश हमाललाई महानायकको उपाधि दिनु गलत रहेको आशयमा एक अन्तर्वार्ता दिए पछि विवादमा तानिएकी छिन्। चौतर्फी विवादमा तानिएपछि फेसबुकमा लामो स्टाटस लेख्दै निरौलाले शब्द चयनमा भएको गल्ती महसुस गर्दै उनले राजेश हमालका दर्शक तथा सुभ चिन्तकप्रति माफी मागेकी छिन्।

निरौलाले अबदेखि अन्तर्वार्ता दिँदा पत्रकारको आशय र उद्देश्य बुझेर मात्र जवाफ दिने कोसिस गर्ने उल्लेख गरेकी छिन्। यस्तै आफ्नो विगत सम्झदै निरौलाले लेखेकी छन्, मेरो विगतले नै मलाई घमण्ड गर्ने अनुमति दिदैँन, म यो क्षेत्रमा ३० वर्ष देखि छु, टुप्पो बाट पलाएको पनि छैन।

केही दिन अगाडि एक टेलिभिजन कार्यक्रममा राजेश हमाललाई व्यक्ति विशेषले महानायकको ट्याग लगाइदिएको भन्दै नेपाली चलचित्र उद्योग अपठ्यारोमा पर्दा सहयोग नगर्नेमा राजेश हमाल पनि रहेको भनेकी थिइन्। बलिउडमा चलचित्र क्षेत्र तथा जनता अपठ्यारोमा पर्दा अमिताभ बच्चनले अझै पनि सहयोग गरिरहेको र चलचित्र खेलिरहेको तर राजेशले सहयोग नगरेको उनले बताएकी थिइन्। दीपाश्रीले कोरोनाका कारण चलचित्र प्राविधिकहरू अपठ्यारोमा पर्दा अन्य चलचित्रकर्मीहरूले सहयोग गरे पनि राजेशले सहयोग नगरेको भन्दै आफ्नो नैतिक जिम्मेवारीबाट भागेको टिप्पणी गरेकी थिइन्।

निरौलाको फेसबुक स्टाटस:

आदरणीय साथिहरू:
भगवान रामले एउटा सामान्य नागरिकको कुरा सुनेर सीता माता लाइ जंगल पठाएको कुरा को ठूलो बिरोध भयो, स्वयं भगवान राम पनि आलोचनाका पात्र हुन पुगे !!
श्री कृ्षण भगवान माथि पनि बेला बेलामा
औला उठाइयो भने , मैले चलचित्र क्षेत्रकों महानायक भएपछि चलचित्र क्षेत्रमा परेको बिषम परिस्थिति मा एउटा अभिबाकको भूमिका निर्वाह गरेर, आफूलाइ बर्षो देखि सहयोग गरेका प्राबिधिकहरू लाइ परेको पीर मर्कामा सहयोगी किन हुन सक्नु भएन भन्ने आशयले यो बिषयमा बोलेको हूँ..
के प्रधानमंत्री, के महानायक, के कलाकार , अथवा के भगवान
सबै संग गुनासो गर्न पाइन्छ ,
एउटा उच्च सम्मानमा बसेको मान्छे बाट केहि आशा पनि हुन्छ नै मेरो आशय त्यकि मात्रा हो !!!
राजेश हमाल लाइ सुपरस्टार नै होंइन भन्ने हैसियत मेरो थिएन , छैन र हुने पनि छैन , मेरो पहिलो चलचित्रको नायक हो उहॉ, उहॉलाइ महानायको रूपमा अस्ति मात्रै पनि मुन्द्रेको कमेडि कल्बमा अत्यन्त सम्मान गरेकै छू ! हेर्न सक्नु हुन्छ !
काठमाण्डू मा पाउरोटी समेत खान नपाएर संघर्ष गरेर यो स्थानमा आएकि म सामान्य कलाकार हूँ , मेरो बिगतले नै मलाइ घमन्ड गर्ने अनुमति दिदैन ,म यो क्षेत्रमा ३० बर्ष देखि छू , टुप्पो बाट पलाएको पनि छैन .. हमालज्यू सुपरस्टार हुनुहुन्थ्यो , हुनुहुन्छ र पछि सम्म रहि रहनु हुनेछ ..तर उहॉले महानायकको हिसाबमा चलचित्र क्षेत्रको पिडामा मलम पनि लगाउन सक्नु पर्छ नत्र त्यो पदमा शंका उत्पन्न हुन्छ पनि भन्न नपाइने गरेर उहॉलाइ भगवान नै बनाउने पक्षमा म थिइन र छैन पनि …. तथापी मेरो अभिव्यक्ति ले उहॉ सुपरस्टार नै होइन भन्ने बुझिन गएको मा भने म सबै हमालज्यूको फ्यानहरू संग माफि माग्दछू र भबिष्यमा अन्तर्वार्ता दिदॉ , पत्रकार को आशय र उस्को उदेश्य बुझेर शब्द संयोजनमा सचेत भएर , जवाब दिने कोशिस गर्नेछू !
एउटा महिला कलाकार हूं , कतिपय ब्यक्तिले गर्नु भएको अत्यन्तै अशभ्य गालि, पचाउनै नस्कने आरोपहरू , सुन्न पनि हिच्किचाइनु पर्ने शब्दहरु लाइ पनि सामान्य रूपमा नै लिएको छू किनकि म त कलाकार हूँ, हामिले सहनू नै पर्छ .. एउटा प्रश्न चाहि उब्जिएको छ मनमा , घरमा तपाइका दिदि बहिनीले पनि यस्तै एउटा भूल गर्दा यसै गरेर अपशब्द प्रयोग गरेर गालि गर्नु हुन्छ ?
अब मलाइ साच्चिकै माया गर्ने , मेरो त्रुटिमा मन दुखाउने र सूझाबहरू दिने आदरणिय महानुभाव हरू प्रति त म सधै झै नतमस्तक छू
मेरो कारणले मन दुखेंको होला क्षमा चाहन्छू है?

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*