नितु कोइरालालाई ‘पिस अफ इन्डिया’कोे ‘शान्ति अवार्ड’ 

वेलकम खबर
असार १५, २०७७

काठमाडौँ। नेपाली अभिनेत्री, मोडल, डान्सर तथा सौन्दर्य व्यवसायी नितु कोइरालालाई भारतको ‘पिस अफ इन्डिया’ले ‘शान्ति अवार्ड’ प्रदान गरेको छ। संस्थाले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तिहरूलाई पुरस्कृत गरेको हो।

कोइरालासँगै भारतका अभिनेता राहुल रोय, मिसेज एसिया मोडेल तथा नायिका हिना कौसेर, बलिउड अभिनेता वरुन सुरी तथा राज अरोरालगायतका  कलाकारहरूले अवार्ड प्राप्त गरेका छन्।  अवार्ड प्राप्त गरेपछि सम्मानित भएकाहरूले आआफ्ना तर्फबाट आफ्नो देशमा शान्ति स्थापना गर्न निःस्वार्थ सेवा गर्ने प्रण गरेका थिए।

अवार्ड वितरण कार्यक्रम २०२० जुन २३ मा राखिए पनि कोरोना कहरका कारण भर्चुअल कार्यक्रम मार्फत अवार्ड समारोह सम्पन्न गरिएको हो। कार्यक्रममा पिस अफ इन्डियाका संस्थापक अध्यक्ष विशाल भारद्वाजले सम्बोधन गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*