प्रदिप खड्काको फरक अवतार (भिडियोसहित)

वेलकम खबर
असार १४, २०७७

काठमाडौँ। चर्चित अभिनेता प्रदिप खड्का फरक अभिनय र फरक गेटअप रहेको ‘जय जय नेपाल’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। राष्ट्रभक्तिका शब्द समेटिएको यस गीतमा गायक सत्यराज आचार्य, स्वरूपराज आचार्य, प्रविशा अधिकारी, प्रताप दास र विपिन घिमिरेको आवाजमा रहेको छ। अभिनेता प्रदिप र निती शाहको मुख्य अभिनय रहेको यस म्युजिक भिडियोलाई आइतबार युट्युब मार्फत सार्वजनिक गरिएको हो।

म्युजिक भिडियोको टिजर शनिवार सार्वजनिक गरिएको थियो। यस्तै भिडियोमा गायक सत्यराज आचार्य, स्वरूपराज आचार्य, प्रताप दास, प्रविशा अधिकारी लगायतलाई पनि देख्न सकिन्छ।

नितिन चन्दको निर्देशमा बनेको यस भिडियोमा मेचीदेखि महाकालीसम्म एउटै आवाज गुञ्जिने र हामी सबैलाई सिङ्गो देश चाहिने भावना प्रस्तुत गर्न खोजिएको छ। उक्त गीतको शब्द अशोक शेरचनले लेखेका हुन् भने सङ्गीत एलिस कार्कीको रहेको  छ। साथै सङ्गीत संयोजन शैलेन्द्र एम प्रधानले गरेका हुन्।

https://youtu.be/HXBa832W_nQ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*