‘मैले बोलेको छैन ढाँटेर’ सार्वजनिक (भिडियोसहित)

वेलकम खबर
असार ८, २०७७

काठमाडौँ।  अर्जुन पोखरेलको शब्द तथा सङ्गीतमा ‘मैले बोलेको छैन ढाँटेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। यो गीतमा कृष्ण काफ्ले, वुद्द लामा, अस्मिता अधिकारी र समिक्षा अधिकारीले आवाज दिएका छन्। यो गीतको भिडियो अन्तर्राष्ट्रिय सङ्गीत दिवसको अवसर पारेर आइतबार रिलिज गरिएको हो।

सञ्चारकर्मी विधान कार्कीको निर्देशनमा तयार भएको यस गीतको भिडियोमा कृष्ण, वुद्द, अस्मिता र समिक्षाले नै अभिनय गरेका छन्। यी चारै जना कलाकार अहिले दर्शकले रुचाएका कलाकार हुन्। विकास दाहालको सम्पादन रहेको भिडियोलाई उत्सव दाहाले छायाङ्कन गरेका हुन्। रोमान्टिक प्रेम कथामा यो भिडियो तयार पारिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*