अमेरिकी दूतावासको भर्चुअल कन्सर्टमा दिवेश पोखरेलसहित चर्चित कलाकारहरूको प्रस्तुति हुँदै

वेलकम खबर
असार ५, २०७७

काठमाडौँ। अमेरिकी दूतावासले आज शुक्रबार साँझ भर्चुअल कन्सर्ट गर्न लागेको छ। यो साङ्गतिक कार्यक्रममा अमेरिकन आइडलका उपविजेता नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) सहित नेपालका चर्चित कलाकारहरू समृद्धी राई, सूप्न सुमन र तृष्णा गुरुङको प्रस्तुति रहने भएको छ।

कार्यक्रम नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी, सार्वजनिक स्वास्थ्य विज्ञ डा. अरुणा उप्रेती र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त फेसन डिजाइनर पर्बल गुरुङको विशेष मन्तव्यबाट साँझ ६ बजे सुरु हुने अमेरिकी दूतावासले जनाएको छ।

कोरोना भाइरस सङ्क्रमणको महामारीले अहिले विश्व नै ग्रसित भएको अवस्थामा सङ्गीतले थोरै भए पनि मनोबल उच्च बनाउनुका साथै दुई मुलुकबीच अझ आत्मीयता बढ्ने भएकाले कार्यक्रमको आयोजना गरिएको बताइएको छ।

https://www.facebook.com/108560955847639/videos/3239547709428713/

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*