नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको सङ्ख्या २० पुग्यो
काठमाडौँ। नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएकी महिलामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। गत जेठ ३० गते अस्पताल भर्ना भएकी बाँकेको बैजनाथ गाउँपालिकाकी ४६ वर्षीय महिलाको सोमबार बेलुका मृत्यु भएको हो। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ।
उनको दायाँ फोक्सामा समस्या देखिएपछि उपचारका लागि उनी अस्पताल भर्ना गरिएको थियो। अस्पताल भर्ना भएसँगै उनको स्वाब सङ्कलन गरिएको थियो। रिपोर्ट आउनुपूर्व नै उनको मृत्यु भएको हो। मङ्गलबार आएको रिपोर्टमा उक्त महिलामा कोरोना सङ्क्रमण देखिएको जनाइएको छ। उनको मृत्यु भएसँगै आईसियुलाई सिल गरिएको छ। महिलाको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीहरूलाई क्वारेन्टाइनमा राखिएको छ बताइएको छ।


















