अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या २२ लाख नाघ्यो
वेलकम खबर
असार ३, २०७७
काठमाडौँ। अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २२ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा थप २४ हजार ७२७ जना सङ्क्रमित थपिए सँगै कुल सङ्क्रमितको सङ्ख्या २२ लाख ८ हजार ४ सय पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ८४१ जनाको मृत्यु भए सँगै कुल मृतको सङ्ख्या १ लाख १६ हजार ६६० पुगेको छ।
कुल सङ्क्रमितमध्ये ८ लाख ९९ हजार ४७८ जना उपचार पछि निको भएका छन्। उपचार गराइरहेका ११ लाख ८९ हजार ७५ जनामध्ये १६ हजार ६७१ जनाको अवस्था गम्भीर रहेको छ।



















