भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार नजिक

वेलकम खबर
असार ३, २०७७

काठमाडौँ। भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार नजिक पुगेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ २ हजारभन्दा बढीको मृत्यु भए सँगै कुल मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२१ पुगेको छ। पछिल्लो २४ घण्टामा ११ हजार १३५ जना सङ्क्रमित थपिएसँगै भारतमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या ३ लाख ५४ हजार १६१ पुगेको छ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको सङ्क्रमण देखिएको भारतमा सङ्क्रमितमध्ये १ लाख ८७ हजार ५५२ जना सङ्क्रमणमुक्त भएका छन्। कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ। तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*