नेपालमा थप ३८० जनामा कोरोना सङ्क्रमणको पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या ६ हजार ५९१ पुग्यो
वेलकम खबर
असार २, २०७७
काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। योसँगै सङ्क्रमित हुनेको कुल सङ्ख्या ६ हजार ५९१ पुगेको छ। उनीहरु मध्ये ४९९ जना महिला र ६०९२ जना पुरुष रहेका छन्।
तीमध्ये १ हजार १५८ जना निको भएका छन्। भने, १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। अहिले सम्म ७७ मध्ये ७३ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण पुगेको पुष्टि भएको छ।



















