नेपाल प्रहरीका ३६ एसपीको सरुवा, १६ जिल्ला प्रहरी प्रमुख पनि फेरिए
काठमाडौँ। प्रहरी प्रधान कार्यालयले सोमबार राति ३६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। सरुवामा १६ वटा जिल्लाका प्रहरी प्रमुखसमेत परेका छन्। एक वर्ष कार्यअवधि पूरा भएका जिल्ला प्रहरी प्रमुखहरूको सरुवा गरिएको हो।
सरुवा अनुसार, भक्तपुर प्रहरी परिसरका प्रमुख सविन प्रधानको ठाउँमा एसपी तारादेवी थापालाई पठाइएको छ। इलाममा नविनराज राई, कपिलवस्तुमा नवराज अधिकारी, गोरखामा सुरेन्द्रबहादुर गुरुङ, उदयपुरमा भिमबहादुर दाहाल, सुर्खेतमा राजेन्द्रप्रसाद भट्ट, मोरङमा सन्तोष खड्का, कास्कीमा जीवनकुमार श्रेष्ठ, महोत्तरीमा टिका केसी, सिराहामा उमाशंकर पञ्जियार र बाँकेमा ओमबहादुर राणालाई जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।
यसैगरी, डोटीमा जनकराज पाण्डेय, पूर्वी नवलपरासीमा दिपक रेग्मी, पाल्पामा दिपकराज खरेल, तनहुँमा अरुण पौडेल र धनकुटामा गोविन्द अधिकारीलाई प्रहरी प्रमुख बनाइएको छ। प्रहरी प्रधान कार्यालयले सोमबार राति ३६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। सरुवामा १६ वटा जिल्लाका प्रहरी प्रमुखसमेत परेका छन्। एक वर्ष कार्यअवधि पूरा भएका जिल्ला प्रहरी प्रमुखहरूको सरुवा गरिएको हो।
























