चीनमा फेरि कोरोनाको सङ्क्रमण फैलने खतरा, बेइजिङमा कडाइ, विद्यालय र मनोरञ्जनस्थल बन्द

वेलकम खबर
असार २, २०७७

एजेन्सी। चीनमा फेरि कोरोना भाइरस समक्रमण फैलने खतरा भएपछि राजधानी बेइजिङमा कडाइ गरिएको छ। बेइजिङका धेरैजसो ठाउँका विद्यालय, खेलकुद स्थल तथा मनोरञ्जन स्थलहरू बन्द गरिएको छ।

वुहानमा देखिएको महामारी नियन्त्रणमा आएको घोषणापछि आवश्यक सावधानी अपनाएर आममानिसको जनजीवन सहज बनाइए पनि फेरि सङ्क्रमण देखिएपछि बेइजिङवासीलाई कोरोना परीक्षण गराउन आह्वान गरिएको छ। ग्लोबल टाइम्सका अनुसार राजधानी बेइजिङ प्रवेशमा कडिकडाउ गर्न थालिएको छ। कोरोना सङ्क्रमणको दोस्रो लहर बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट सुरु भएको थियो।

सिन्फाडी भनिने मार्केटमा ७९ जना सङ्क्रमित फेला परेपछि उक्त मार्केटका व्यवस्थापक बर्खास्त भएका छन्। उक्त होलसेल मार्केटमा मात्रै १० हजार जना कार्यरत रहेको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*