देशभर वर्षा, नदीमा बहाव बढ्ने हुनाले सतर्कता अपनाउन आग्रह

वेलकम खबर
असार २, २०७७

काठमाडौँ। मुलुकमा पूर्वी भू–भागहुँदै मनसुन भित्रिएसँगै भएको वर्षाका कारण विभिन्न नदी नाला तथा खहरेमा बहाव बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो ३ घन्टामा मुलुकको मध्य र पूर्वी भू–भागमा आंशिक तथा मध्यम वर्षा र केही स्थानमा भारी वर्षा भइरहेको छ।

महाशाखाका अनुसार काठमाडौँ उपत्यका सहित झापा, मोरङ, सुनसरी, उदयपुर ,प्रदेश २ को अधिकांश स्थान, सिन्धुली, रामेछाप, दोलखा, मकवानपुर, चितवन काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, नवलपरासी, गोरखा, लमजुङ, तनहुँ, कास्की, म्याग्दी, बागलुङ, रूपन्देही, कपिलवस्तु आसपास वर्षा भइरहेको छ।

प्रदेश २ र १ को तराईको भू–भागमा थप केही समय मध्यम वर्षा हुने सम्भावना समेत रहेको। कन्काई, कमला, बागमती नदीमा पनि बहाव केही बढ्दो रहेको तर सतर्कता तह भन्दा तलै हुने महाशाखाले जनाएको छ। त्यस्तै चुरे र तराईबाट बहने त्रियुगा, माहुली, खाडो, गागन, रातु, चुरिया खोला, बालन-खुट्टी, महरा, जिमखोला, लखन्दी लगायत प्रदेश २ र प्रदेश १ को तराईको भू–भाग भई बहने स–साना खहरे खोलामा बहाव बढ्ने बताईएको छ।

केहीमा आकस्मिक बहाव पनि हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज दिनभर मध्याह्‍न सम्म स–साना नदीतटीय क्षेत्रमा सतर्कता अपनाई राख्न आग्रह गरेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*