ताप्लेजुङ अग्नी पीडितको लागि राहत हस्तान्तरण

वेलकम खबर
असार १, २०७७

काठमाण्डौ । ताप्लेजुङ अग्नी पीडितको लागि अमेरिकामा उठाएको राहत सामाग्री हस्तान्तरण गरिएको छ ।
अमेरिकाको न्युर्योक सिटीमा ताप्लेजुङ फुङलिङ ७ का स्थानीय पुष्कर बरालले संकलन गरेको एक लाख २५ हजार रकम ताप्लेजुङ सरोकार केन्द्रका सदस्य विद्या पौडेलबाट सोमवार संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराईलाई हस्तान्तरण गरिएको हो । सो रकम मन्त्री भट्टराईले सोमवारै अग्नी पीडितलाई पुरयाउने गरी ताप्लेजुङ सरोकार केन्द्रका कोषाध्यक्ष मिङमा डण्डु लामालाई हस्तान्तरण गर्नु भएको छ ।

उपलब्ध सो रकम र अन्य देशबाट जम्मा भएको रकम सरोकार केन्द्रका आपत कालिन राहत कोषमा जम्मा भएको र चाडै नै ताप्लेजुङका अग्नी पीडितलाई पुरयाउने सरोकार केन्द्रका उप महासचिव तथा ताप्लेजुङ अग्नी पीडित राहत कोष २०७७ का संयोजक सन्तोष मादेनले बताउनुभयो । गत बैशाखमा आगलागी हुदाँ सात घर जलेर नष्ट भएको थियो भने आगलागीमा सात करोड ६५ लाखको क्षति बरावरको क्षति भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*