विश्वमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४ लाख ३५ हजार भन्दा बढि

वेलकम खबर
असार १, २०७७

काठमाडौँ। विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट ४ लाख ३५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्र विश्वभर ३ हजार २४८ जनाको मृत्यु भए सँगै कुल मृतको सङ्ख्या ४ लाख ३५ हजार १६६ पुगेको छ।

साथै अहिले सम्म विश्वमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ८० लाख नजिक पुगेको छ। पछिल्लो २४ घण्टामा १ लाख २१ हजार ९७१ नयाँ सङ्क्रमित थपिए सँगै कुल सङ्क्रमित हुनेको सङ्ख्या ७९ लाख ८२ हजार ४९५ पुगेको छ।

सङ्क्रमित हुने मध्ये ३४ लाख ४३ हजार ४३९ जनाको उपचार भइरहेको छ। भने, अहिले सम्ममा ४१ लाख ३ हजार ८९० जना उपचारपछि निको भइसकेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*