नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको सङ्ख्या १९ पुग्यो
काठमाडौँ। नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप एकको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको जनाइएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ।
उनी क्यान्सरबाट पनि पीडित रहेको र उनको उपचार हुँदै गर्दा मृत्यु भएको हो। यसबारे स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि गर्न बाँकी छ। योसँगै कोरोनाबाट गुल्मीमा मात्र दुई जनाको मृत्यु भएको छ। यसअघि त्यहाँका एक ४६ वर्षीय शिक्षकको पनि कोरोनाका कारण बुटवलमा निधन भएको थियो।



















